Magar Association Hong Kong

  • Increase font size
  • Default font size
  • Decrease font size

Magar Association Hong Kong

मगर संघ हंगकंगको स्थापनाको परिचय तथा उद्देश्यहरु

हंगकंगमा स्थायी तथा अस्थायी बसोबास गर्ने जनजातिहरुसंग समानताको आधारमा मैत्रिपुर्ण सम्बन्ध, पारस्परिक सहयोग, समझदारी एवं सदभावना राखी विभिन्न पेशामा रहेका मगरहरुको र्सवाङ्गीण विकास गर्न तथा विदेशमा रही स्वदेशको सम्मुन्तिमा योगदान दिनको लागि संगठित रुपले प्रयत्नशिल रहन विशुद्ध मगरहरुको एउटा संघको स्थापना गर्न बान्छनिय भएकोले यो मगर संघ हंगकंगको स्थापना गरिएको छ ।

The Magar Association Hong Kong has been established to unite and develop Magars employed in different sectors in Hong Kong, to help in developing friendly relations between different permanent and temporary residents of different ethnic groups in Hong Kong, to develop mutual help and understanding and to contribute to the development of our native country and Hong Kong.
Read more...
 

मगर संघ हङकङको देउसी भैलो सम्पन्न

२०११ अक्टोवर ३०। मगर संघ हङकङको आयोजनामा मङकी हिल स्थित बी बी कन्र्टी पार्कमा विविध नेपाली परिकारका भोजन सहित देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि मगर संघ हङकङका निवर्तमान अध्यक्ष तथा हङकङनेपाली डटकमका टिम प्रमुख नेत्र पहराईमगर रहेका थिए। उनले आफनो शुभकामना मन्तव्यमा नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार नेपालीहरुको साझा र सांस्कृतिक पर्व भएको बताए। दिदी बहिनी र दाजु भाईबीचको सम्बन्धलाई अझ सुमधुर सदभावका लागि प्रेरणादायी बनोस भन्ने कामना व्यक्त गरे। उनले थप भने यो तिहार पर्व हामी सबै नेपालीको हो, त्यती मात्रै होईन नेपालमा रहेका सबै जातिका चाड पर्वलाई समान अवसर र अधिकार दिनु वर्तमान नेपालमा आएको परिवर्तन र अवस्था रहेकोलाई नकार्न नसकिने कथन उनको थियो।

Read more...
 

मगर संघ हङकङको स्थानिय वरिष्ठ नेताहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०११ जुन १३। मगर संघ हङकङको आयोजनामा हिज सांझ याउमा तेई स्थित हेनरी जी ल्योङ कम्युनीटी सेन्टरमा अल्पसंख्यक समुदायको साँस्कृतिक संयोजनका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका लागि डीएबी पार्टीका अध्यक्ष तथा व्यवस्थापिका परिषदका सदस्य ताम इयू चुङग प्रमुख अतिथिका रुपमा रहेका थिए। प्रमुख अतिथिले दीप प्रज्जवलन गरेर कार्यक्रमको उदघाटन गरेका थिए। उनले आफनो मन्तव्यका क्रममा हामी सबै मिलेर काम गरेको खण्डमा अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चित गर्न सकिने बताए। "यो कार्यक्रममा डीएबी पार्टीको तर्फबाट हामी चार जना सहभागी भएका छौं। यसले पनि जनाएको छ कि मगर समुदाय प्रति डीएबी पार्टीको सकारात्मक सोंच रहेको छ" उनले आफनो मन्तव्यमा बताए।

Read more...
 

लखन थापामगरलाई अविलम्ब प्रथम शहिद घोषणा गर्न दुतावासमा ज्ञापन पत्र

 

२०११ मार्च ८, हङकङ। हङकङका नेपालीहरुको साझा संस्था हङकङ नेपाली महासंघको आयोजना र मगर संघ हङकङको अगुवाईमा हिजो मध्यान्ह हङकङ स्थित हङकङका लागि नेपाली महाबाणिज्य दूतावासको कार्यालयमा नेपालका प्रथम शहिद लखन थापामगरलाई नेपाल सरकारले अविलम्ब प्रथम शहिद घोषणा गरियोस भन्ने ज्ञापन पत्र महाबाणिज्यदूत मार्फत नेपाल सरकारलाई पठाइएको छ। शहिद लखन थापामगर नेपालका प्रथम शहिद हुन भन्ने सवालमा कुनै विवाद नभएको र इतिहास संाक्षी रहेकाले उहांलाई अविलम्ब नेपाल सरकारले प्रथम शहिद घोषणा गरियोस भनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

 

Read more...
 
  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »


Page 1 of 14

Banner

JavaScript is disabled!
To display this content, you need a JavaScript capable browser.

13.jpg